प्रतिनिधि सभा बैठक १० दिन रोकेर स्वीट्जरल्याण्ड जाँदै सभामुख र प्रमुख सचेतकहरू

प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ। सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठकमा  सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक चैत १८ गते सम्मका लागि स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्याण्ड जाने कार्यक्रम छ। 

यस्तै, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि साथै जानेछन्।

आगामी चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहितको टोली त्यसतर्फ प्रस्थान गर्दैछन् । उनीहरूचैत ८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने चैत १६ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया