शिक्षा समिति सभापतिमा नेकपा एसका थापा निर्विरोध निर्वाचित

प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।   माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल प्रस्तावक र एमाले सांसद दीपा शर्मा समर्थक रहेको र अन्य कुनै पनि उम्मेदवारी नपरेकोले थापा निर्विरोध निर्वाचित भएका हुन् । 

समिति सभापति थापाले आजै सभामुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । यसअघि सो समितिमा नेकपा एसकै तर्फबाट भानुभक्त जोशी सभापति रहेका थिए । जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि रिक्त रहेको सभापति पदमा फेरी नेकपा एसकै सांसद थापाले अवसर पाएका छन् । 
 

  

प्रतिक्रिया