राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरुलाई लिङ्देनको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरुलाई चुनौती दिएका छन् । आज  वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरुले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताएका हुन । अध्यक्ष लिङदेनले बारम्बार दरबार हत्याकाण्डसंग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरुमा हिम्मत भए छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गर्न उनले चुनौती दिए । 
अध्यक्ष लिङदेनले दरबार हत्याकाण्डमा पूर्वराजा दोषी नै थिए भने दरबार हत्याकाण्डपछि सत्तामा पुग्ने दल र नेताहरुले किन छानविन नगरेको भन्दै प्रश्न समेत गरे । उनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको जानकारी समेत दिए । राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थनपनि प्राप्त भइरहेको दाबी उनको छ ।। 

प्रतिक्रिया