सरकारको साझा कार्यक्रमप्रति प्रतिपक्षी दलले संसदमा उठाए प्र्रश्न

सीबीआई प्रमुख ज्ञवालीको छानविन माग

प्रतिनिधि सभाको शुन्य समयमा समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन । बैठकमा प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भइसकेकाले गियर परिवर्तन गरेर काम नहुने टिप्पणी गरे । सरकारको न्युनतम साझा कार्यक्रममा विभिन्न आयोगहरु गठन गर्ने उल्लेख गरिएको भन्दै सहकारी ठगि प्रकरणमा संसदीय समिति गठन गर्न नसक्ने सरकारले कसरी गठन गर्छ भन्नेमा खतिबडाले आशंका प्रकट गरेका हुन । 
प्रतिनिधि सभा सदस्य रुपा बि.क.ले सिआइबि प्रमुख श्याम ज्ञवालीलाई घुस लेनदेनको आरोप लागेको भन्दै उनलाई छानविन गर्न माग गरिन । ज्ञवालीको जन्ममितिमा समेत विवाद देखिएको भन्दै यसमा पनि छानविन गर्नुपर्ने उनको भनाइ छ । 
सदस्य बिकले छानविन गर्नुपर्ने व्यक्तिलाई नै छानविन गर्ने निकायको प्रमुख बनाइएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताइन । प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रत्येक प्रदेशमा विपन्न नागरिक अस्पताल खोलेर विपन्न नागरिकलाई निःशुल्क उपचार गर्न बजेट व्यवस्था गर्न सरकारसँग माग गरे । 
प्र्रतिनिधि सभा सदस्य मीना तामाङले नेपालका किसानलाई वर्गिकरण गरी किसानमैत्री नीति र बजेट बनाउन सरकारको ध्यानाकर्षण गराइन । 
शुन्य समयमा बोल्ने अन्य सांसदहरुले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा धारणा तथा मागहरु राखेका थिए । 
 

प्रतिक्रिया