गृहमन्त्रीको विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताएकी हुन । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाएर प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताइन । 
सांसद न्यौपानेले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न रहेको उल्लेख गरिन ।  प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौति दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने उनको चेतावनी छ । 

प्रतिक्रिया