रुसी सेनामा भर्ती भएका थप पन्ध्रजना नेपाली युवाको मृत्यु

रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छरु। रुस सरकारले मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन पत्राचार गरेपछि मृत्यु भएको खुलेको हो । रुसले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेरको नमुना मागेको हो । त्यस्तै उसले नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिन भनेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा नरहेको बताइएको छ । परराष्ट्रले यसअघि १७ जनाको मात्र मृत्युको आधिकारिक पुष्टि गरेको छरु। पहिचान नभएका यी १५ सहित रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ३२ पुगेको छरु।रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएकामध्ये कम्तीमा ९६ जना परिवारको सम्पर्कमा छैननरु। उनीहरूका परिवारले खोजीका लागि भन्दै कन्सुलर विभागमा निवेदन दिएका छन । रुसी सेनामा भर्ती भएकाहरूको जीवन सुरक्षाका लागि सचेतना अभियानले भने २ सय ७२ जना लामो समयदेखि परिवारको सम्पर्क नभएको जनाएको छ । 
 

प्रतिक्रिया