सहकारी हिनामिनामा गृहमन्त्रीको राजीनामाको विकल्प छैन: कांग्रेस

पदमा बसिरहे मुद्दा प्रभावित हुने दाबी

नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ । आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताएका हुन । उनले आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताए ।
आरोपी मानिसलाई मन्त्री बनाईएको विपायमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग केही दिनदेखि कांग्रेसले संसदमा राख्दै आएको छ । सांसद गिरीले स्वार्थको द्वन्द्ध हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न समेत दोहो¥याए । 
 

प्रतिक्रिया