सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी देखिए कारबाही रोकिदैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी अनुसन्धानमा गृहमन्त्री रवि लामिछाने दोषी देखिएमा कारबाही गर्न कसैले रोक्न नसक्ने बताए । आज  प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उनले हालसम्मको अनुसन्धानले लामिछाने कति कतै पनि जोडिएको देखिएको दाबी गर्दै यस्तो बताएका हुन । प्रधानमन्त्री दाहालले अनुसन्धानमा केही कैफियत देखिएमा उहाँलाई पनि कारबाही गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे । 
प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण फेला नपरेको बताएका छन् । उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीका पीडितले पूरक उजुरी दिए पनि त्यसमा प्रमाण नभएको उनले बताए । आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस कार्यलाई अझै प्रभावकारी बनाइने जानकारी दिए ।
गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भनेर कांग्रेसले राजनीतीकरण गरेको प्रधानमन्त्रीको आरोप छ । उनले सदनमा अवरोध नगर्न कांग्रेसलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले सुशासन कायम गर्ने कुरा आफू प्रतिबद्ध रहेको र कुनै सम्झौता नगर्ने स्पष्ट पारे । 

प्रतिक्रिया