प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा सांसदहरुका प्रश्नको जवाफ दिदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै छन् । संसद भवन नयाँ वानेश्वरमा जारी बैठकमा प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिइरहेका हुन ।  यसका लागि संसद् सचिवालयमा सांसदले पहिले नै प्रश्न टिपाइसकेका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तरअन्तर्गत संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने प्रावधान छ । प्रधानमन्त्री दाहालले यसअघि संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछानेका विषयमा उठाउदै आएको प्रश्नका विषयमा पनि जवाफ दिने बताइएको छ । 

प्रतिक्रिया