सत्तारूढ गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज दिउसो सार्वजनिक हुँदै

सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज दिउसो दुई बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कार्यक्रम सार्वजनिक हुने प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । सत्ता गठबन्धन कार्यदलले मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाललाई बुझाइसकेको छ । कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी गरिएको हो । राजनीतिक दलको तर्फबाट साझा न्युनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो । सरकारको न्यूनतम साझा कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने, युवाहरू विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्ने विषय समेटिएको छ । साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौति समाधान,आम मानिसह?मा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।  राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश छ ।। 

प्रतिक्रिया