राष्ट्रिय सभाका दुई वटा विषयगत समितिले आज सभापति पाउँदै

काठमाडौं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिले आज सभापति पाउँदैछन् । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउन लागेको हो । हिजो नै समिति सभापति चयन हुने कार्यसूचि भएपनि संबिधान सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनले आजका लागि सरेको हो । दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम गेल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ । एकल उम्मेदवार भएकाले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा दुबै समितिले गर्दैछन । प्रमुख चार दल कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाका चार समितिहरुमध्ये एक–एक वटाको सभापति भागबण्डा गरेर लिएका छन् । राष्ट्रिय सभाकै प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका माया प्रसाद शर्मा र विधायन व्यस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्तीदेवी राई सभापति छन् । उनीहरुको कार्यकाल बाँकी भएकाले समितिको सभापतिमा निरन्तरता पाएका छन ।
 

प्रतिक्रिया