प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।  शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गर्न पुगेका थिए । उनीहरुले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सभामुख घिमिरेले बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन् । 
शुक्रबारको बैठकमा कांग्रेसका सांसदहरुले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जनआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

प्रतिक्रिया