सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरेर दोषी देखिएकालाई कारबाही गर्ने निर्णय गरेको हो । सरकारले दोषी ठहर भएका जो कोहीलाई कारबाहीको दायरामा ल्याउने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
मन्त्रिपरिषद्को बैठकले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता शर्माले बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको जानकारी दिइन् । ज्ञवाली प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।
 

प्रतिक्रिया