डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुट्यो

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित भएको भएको छ । विभाजित पक्षको नेतृत्व गर्दै महिन्द्र राय यादवले माओवादी केन्द्रसँग पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । शनविार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता गर्ने सहमति गरेको र एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनले टुंगो लगाउने विज्ञप्तिमा उल्लेख छ । डा.बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला दाहालले सो पार्टीका सांसदहरुलाई माओवादीमा बिलय गराएका हुन् । नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन् । त्यस्तै वागमती र गण्डकी प्रदेशसभामा पनि बाबुराम पक्षका सांसद छन् । उनीहरु सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया