सत्ता गठबन्धनको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार

सुशासन, संविधानको रक्षा र आर्थिक विकास प्राथमिकतामा

सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार परेको छ । आज बसेको कार्यदलको बैठकले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम तयार पारेको हो । साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौति समाधान, आम मानिसहरुमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिइएको छ । 
राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको छ । साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको छ । कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शिर्ष नेताहरुले गर्ने बताइएको छ । कार्यदलले तयार पारेको सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शिर्ष नेताहरूलाई बुझाउने तयारी गरिएको छ । 

प्रतिक्रिया