गृहमन्त्रीमाथि प्रश्न उठाउँदै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

नेपाली कांग्रेसले सहकारी ठगीका आरोपी रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री नियुक्ति गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद बद्री पाण्डेले प्रधानमन्त्री दाहालसँग यसबारे जवाफ मागेका हुन । अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको उनको भनाइ छ ।
कांग्रेस सांसद पाण्डेले अनुसन्धानको नेतृत्व गर्नुपर्ने कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुँदा अनुसन्धान नै प्रभावित हुने आंशका बढाएको दाबी गरे  । उनले लामिछानेमाथि शंका गर्दै ठूला माछा जोगाउन आएको त हैन भनेर प्रश्न समेत गरे । गृहमन्त्रीलाई शिखण्डी बनाएर गठबन्धन दलले अर्बौँ ठगी गर्नेहरू ठुला माछा उम्काउने प्रयास त भइरहेको छैन भन्दै पाण्डेले प्रश्न गरे । उनले सरकारले आफूहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ नदिए कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए । 
 

प्रतिक्रिया