माग सम्बोधन गर्ने उपायसहित लघुवित्त पीडितलाई वार्तामा आउन अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त पीडितलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुनले आज दिउसो लघु पीडित संघर्ष समितिलाई वार्तामा बोलाएका हुन् । समितिका प्रतिनिधिलाई दिउसो दुई बजे वार्ताका लागि मन्त्रालयमा बोलाइएको अर्थमन्त्रालयले जनाएको छ ।मन्त्रालयका सहसहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिसँग वार्ता गर्ने अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । समितिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । अर्थमन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरमा गएर गैरकानुनी रुपमा बलजफती नगर्न लघुवित्त सञ्चालकलाई अर्थमन्त्रालयले निर्देशन दिइसकेको छ । प्रचलित कानून तथा नेपाल राष्ट्र बैंककोे नीति निर्देशनविपरीत कार्य गर्ने लघुवित्त वित्तिय संस्थामाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन पनि सम्बद्ध निकायलाई अर्थमन्त्रालयले आग्रह गरेको छ । 
 

प्रतिक्रिया