प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । आज सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् । मत विभाजन हुँदा कुल २६८ मत खसेकामा  प्रधानमन्त्री दाहालले १५७ अर्थात बहुमत प्राप्त गरेका छन् । यसैगरी प्रधानमन्त्री दाहालको दाहालको  विपक्षमा ११० मत  र तटस्थमा १ मत परेको छ । निर्वाचनपछि पहिलो पटक नेकपा एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रधानमन्त्रीले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । एमालेसँगको सहकार्य तोडेर करिब तीन महिनामै कांग्रेससँग गठबन्धन भएपछि एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिएका थिए । कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनता समाजवादी पार्टी जसपा नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ ।। 
 

प्रतिक्रिया