पूर्व उपराष्ट्रपतिको परिवार सुन तस्करीमा जोडिएकोमा कांग्रेसले माग्यो जवाफ

प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले आगामी दिनमा संसद सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ । आज प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले तत्कालिन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराएकी हुन । उनले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानूनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिन । 
सचेतक थिङ सहकारी ठगीको मुद्दा लागेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्री दाहालले उथलपुथल गरेपनि त्यसबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन । उनले संसदमा सरकारमाथि प्रश्नप्रश्न उठेकाले त्यसका जवाफ पनि सरकारबाट तत्काल आउनुपर्ने दबाब समेत दिइन । 

प्रतिक्रिया