च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान् भन्ने डर छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्ले नयाँपन र अनुभवको सन्तुलन मिलाउनका लागि आफूहरू सरकारमा गएको बताएका छन् । आज संसदमा सम्बोधन गर्दै उनले उनले केही गरौं भन्ने मनसायले सरकारमा गएको उल्लेख गर्दै ’चेख खेल’को उदाहरण दिएका हुन । उनले केही गरेर देखाउन नगरेको दिन सरकारबाट बाहिरिने प्रतिबद्धता जनाए ।
उपाध्यक्ष वाग्लेले कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएकोमा पनि वाग्लेले टिप्पणी गरे । उनले प्रधानमन्त्रीको रुपमा अफर गर्दा केही नहुने अहिले गृहमन्त्री हुँदा त्यस्तो कुरा गरेको भन्दै कांग्रेसका नेताहरूको टिप्पणीप्रति आपत्ति जनाए ।उनले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नुपरेको भन्दै कांग्रेसप्रति व्यङ्ग्य गरे । ‘यहाँ भागी भागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागी भागी हिँड्नुपर्या छ । त्यस्तो डर छ’, वाग्लेको भनाइ छ ।  उनले मुलुकलाई सुशासन दिलाउनेमा प्रतिबद्धता समेत जनाए । 

प्रतिक्रिया