सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति बीच ४ बुँदे सहमति
काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति बीच ४ बुँदे सहमति भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग सोमबार राती भएको वार्ता अनुचित लेनदेन मिटरब्याज विरुद्ध जाँचबुझ गर्न फेरि आयोग गठन गर्ने सहमतिसँगै समितिले आह्वान गरेको आन्दोलन स्थगित भएको छ । गृहमन्त्रालयसँगको सहमतिसँगै ४२ दिनदेखि जारी मिटरब्याज पीडितको आन्दोलन स्थगित भएको हो ।
झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिँडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए । सहमतिपछि मिटरब्याज पीडित बस्दै आएको स्थान भुकुटीमण्डप पुगेर उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजपीडितसँगको सहमति पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
उपप्रधानमन्त्री लामिछानेले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै ठाउँमा उभिने उल्लेख गर्दै यो सुरुआत भएको र अझै सङ्घर्ष बाँकी नै रहेको उल्लेख गरे । हिँडेर खुट्टा पट्पटी फुट्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको उनले बताए ।आयोगले विभिन्न उपायसहित सरकारलाई सुझाव दिने र त्यही आधारमा सरकार अघि बढ्ने उनले जानकारी गराए ।
प्रतिक्रिया