नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धनले गरे पुन सात बुँदे सहमति

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले पुन सात बुँदे सहमति गरेको छ । गठबन्धन बनेको आठ दिमै सात बुँदे सहमति सहित दलहरुले दोस्रो संयुक्त वक्तव्य जारी गरेका हुन । सहमतिपछि संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै नेकपा माओवादीका उपाध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको मुख्य कार्यभार भनेको सामाजिक, आर्थिक रुपान्तरण र समृद्धिको कार्यभारलाई पूरा गर्न यसअघि बनेको सरकारमार्फत प्रयत्न गर्दाखेरी तिब्रतापूर्वक गति लिन नसकेको कारणले गर्दाखेरी त्यही उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर यो सरकार पुनःगठन गरिएको स्पष्ट पारे । 
यसअघि एकीकृत समाजवादी पार्टी गठबन्धन बाहिर रहेकामा उसलाई पनि गठबन्धनमा औपचारिक रुपमा समेट्दै पाँच दलका शीर्ष नेताहरूले ७ बुँदे वक्तव्य जारी गरेका हुन । वक्तव्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन २१ गते पुनर्गठित सरकारलाई सुदृढ र सफल बनाउने उल्लेख छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतको पक्षमा उभिने उल्लेख गरिएको छ । वक्तव्यमा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाएर समेट्दै लैजाने नेताहरूले उल्लेख गरेका छन । दलहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्गयाउने पनि जनाएका छन । वक्तब्यमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दाबी गरेको प्रधानमन्त्रीबारे केही उल्लेख गरिएको छैन । बक्तव्यमा नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन । 
 

प्रतिक्रिया