राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ । संसद सचिवालयले हिजो सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मा बीचमा प्रतिस्पर्धा हुँदैछ । केही बेरपछि  राष्ट्रिय सभा बैठकमा निर्वाचन पक्रिया सुरू हुनेछ । राष्ट्रिय सभाको अध्यक्ष पदको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने कानुनी व्यवस्था छरु। राष्ट्रिय सभा नियमावली अनुसार एउटा मात्रै प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ तर दुई वटा प्रस्ताव दर्ता भएकाले दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने छन । बैठकमा दुवै प्रस्तावमाथि सङ्क्षिप्त छलफल हुने छ र त्यसपछि अध्यक्षता गर्नेले सबै प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्ने छन । ५८ जना सदस्य रहेको राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६ र जनता समाजवादी पार्टी नेपालका एक सदस्य छन । अध्यक्षमा निर्वाचित हुन ३० जना सदस्यको दस्तखतसहितको मत विभाजन आवश्यक पर्ने छरु। माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल होरु। सो पार्टीका १७ जना सदस्य छन रु। सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई समर्थन गर्ने माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य छनरु। यसरी दलले गरेको समर्थनका आधारमा दाहालको पक्षमा ३८ सदस्य छन । राष्ट्रिय जनमोर्चाका एक सदस्य छनरु। राष्ट्रिय जनमोर्चाको समर्थन खुलेको छैनरु। मनोनीत दुई जना छन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ सदस्यको पदावधि गएको फागुन २० गते सकिएपछि रिक्त रहेको अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया