राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । शनिबार शुरु भएको बैठकमा देशको राप्रपाले अगाडि सारेको आन्दोलनका कार्यक्रम र कार्ययोजनाबारे छलफल भइरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भइरहेको नेताहरुले बताएका छन । केन्द्रमा नयाँ सरकार गठन र त्यसको असर प्रदेशमा देखा परेको सन्दर्भमा राप्रपाले समीक्षा गरिरहेको छ । शनिवार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरेका थिए। तिनै एजेण्डामाथि सदस्यहरूले आइतबार धारणा राखेका थिए । बैठकका निष्कर्ष आज नै सार्वजनिक गर्ने तयारी राप्रपाको छ ।

प्रतिक्रिया