प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको आगामी बुधबार बस्ने बैठकमा विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्रु सचिवालयलाई पत्र पठाएका हुन । संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि दिएको सूचना संसद सचिवालय पुगेको हो । फागुन २९ गते कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ । दाहालले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । एमाले नेतृत्वमा बनेको तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री बनेपछि उनले पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिएका थिए । ाल गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुनः एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन् । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन ।

प्रतिक्रिया