राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहालले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहालले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । उनलाई नेकपा एमाले, जसपा र एकीकृत समाजवादीको पनि समर्थन छ । दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन । कांग्रेसका तर्फवाट युवराज शर्माले उम्मेदवारी दिदैछन । बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए । २०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा शर्मा उपाध्यक्ष थिए । आजै दिउसो साढे एक बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ । भोली मंगलबार राष्ट्रिय सभा बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त छ ।

प्रतिक्रिया