जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार , उपेन्द्र यादवलाई उपप्रधान सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार शितल निवासमा मन्त्रीको पद तथा गोपनियताको सपथ लिएका हुन्। यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नेता नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। एमाले–माओवादी–रास्वपा, जसपा र नेकपा एकीकृत समाजावदी मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी भएका हुन्। गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपाले मन्त्री पठाएको थिएन।  यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् । जसपालाई पनि समेटेपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने छन् । उनले फागुन ३० गते विश्वासको मत लिने तयारी छ ।।
 

प्रतिक्रिया