धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छः प्रथम राष्ट्रपति यादव

प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।  ।  मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले धार्मिक कार्यक्रमहरुमा समेत राजनीति गर्नेहरुलाई सामिल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए । उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताए । उनले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताए । 
कार्यक्रममा सहभागी मधेसको उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटनको हवको रुपमा विकास गर्न तत्पर रहेको बताइन् । उनले मधेसलाई धार्मिक पर्यटनको हवको रुपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक सावित हुनसक्ने बताइन् ।  यसका लागि प्रदेश सरकारले मास्टर प्लान बनाएर मिथिला मध्यमा परिक्रमाका पडाव स्थलहरुलाई व्यवस्थित तुल्याउनका लागि बजेट समेत छुट्याएको मन्त्री यादवले जानकारी दिइन् ।
 

प्रतिक्रिया