रौतहटको मौलापुरमा शुक्रबारबाट मधानी महोत्सव शुरु

काठमाडौं । रौतहटको मौलापुरमा शुक्रबारबाट मधानी महोत्सव शुरु भएको छ । नेपाल सरकारको पर्र्यटकिय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका–५ पतौरामा रहेको पुरातात्विक महादेब मन्दीरको प्राङ्गणमा शुक्रबारबाट मधानी महोत्सव शुरु भएको हो । महोत्सवको पहिलो दिन चर्चित भारतीय अभिनेता गोबिन्दाले गीत तथा नृत्य प्रस्तुत गरे । महोत्सवमा सहभागी हुन आएका गोविन्दाले आफ्नो प्रस्तुत दिएका हुन् । मौलापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गोविन्दाको प्रस्तुती हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक आएका थिए । गोविन्दाले रौतहट आउन पाउदा आफुलाई खुशी लागेको बताए । मौलापुर नगरपालिकाले प्रत्येक वर्ष पतौरा महादेव मन्दीरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात सो स्थानमा मधानी महायज्ञको शुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको टोलिले सो स्थानमा उत्खनन गरेको थियो । मधानी महोत्सवमा नेपाल र भारतका ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया