स्त्रीरोग विशेषज्ञ प्राध्यापक डाक्टर दिव्यश्वरी मल्लको निधन

काठमाडौं । नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राध्यापक डाक्टर दिव्यश्वरी मल्लको निधन भएको छ । डा मल्लको आज बिहान ८ बजेर ४० मिनेटमा नब्बे बर्षको उमेरमा निधन भएको हो । डा मल्ल केही दिनयता बिरामी थिइन् । मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक हुन । प्रसूति गृह अस्पतालमा डा. मल्लले मेडिकल सुपरिटेन्डेन्ट, डेपुटी डाइरेक्टरदेखि डाइरेक्टर हुँदै अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी थिइन । मल्लको जन्म सन् १९३४ सेप्टेम्बर १९ मा काठमाडौंमा भएको थियो । मल्लका केही पुस्तक समेत प्रकाशित छन ।

प्रतिक्रिया