कालीकोटमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा आज बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको हो ।  केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक रहेको स्थानीयले बताएका छन । बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको बताइएको छ ।। 
 

प्रतिक्रिया