नेपाल सरकारले थप दुई हजार ६ सय ७४ जनालाई सहिद घोषणा

काठमाडौं । नेपाल सरकारले थप दुई हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको नयाँ सूची सार्वजनिक गरेको हो ।सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ । गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गरिएको हो । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्नेलाई सम्मान स्वरुप सहित घोषणा गरिएको हो । गत पुस २४ गतेको निर्णय भन्दै फागुन २४ मा थप गरिएका सहिदको सूची राजपत्रमा प्रकाशन गरिएको हो । थपिएका सहिदमध्ये थपिएकामध्ये सबैभन्दा बढी रोल्पाका छन् । रोल्पामा मात्रै ३ सय ६९ जना सहिद थपिएका छन् । त्यस्तै कालिकोटका १७१, काभ्रेका १ सय ६८, जाजरकोटका १ सय ६५, बर्दियाका १ सय ३३ जना सहिद घोषणा भएका छन । त्यस्तै बाँकेका १ सय १, दाङका १ सय, कैलाली ९० रुकुम पूर्वका ७०, पाँचथरका ७०, रुकुमपश्चिमका ६९ र धादिङका ५५ जना सहिद थपिएका छन् । मापदण्ड विना राजनीतिक आधारमा सहिद घोषणा गरेको भन्दै आलोचना हुँदै आएको छ । 
 

प्रतिक्रिया