अर्थतन्त्रलाई सबलिकरण गर्ने योजनाका साथ गर्न अर्थविद्को सुझाव

काठमाडौं । अर्थतन्त्रलाई सबलिकरण गर्ने योजनाका साथ नयाँ अर्थमन्त्री बर्षमान पुनले काम गर्न आवश्यक रहेको अर्थविद्हरुले बताएका छन । अर्थतन्त्रका जानकारहरुले चुनौतिपूर्ण बन्दै गएको अर्थतन्त्रको सबलिकरण गर्न सक्नु अर्थमन्त्रीको सफलता मानिने उनीहरुको भनाइ छ । अर्थविद केशव आचार्य निजी क्षेत्रलाई विश्वासमा लिएर पुजीगत खर्च बढाउने गरी काम गर्नुपर्ने बताउछन । 
सरकारले बजेट बनाउँदा लिएका कतिपय नीतिगत कारणले राजश्वमा दबाब रहेकाले त्यसलाई सम्बोधन गनुेपर्ने पनि अर्थविदको भनाइ छ ।  राष्ट्र बैंकबाट मौद्रिक नीति र अर्थ मन्त्रालयको बजेट अर्कै किसिमले जाने गरेकाले पनि समस्या भएको अर्थविद् अनलराज भट्टराई बताउछन । 
निजी क्षेत्रको विभिन्न कारण मनोबल घटिरहेकाले अर्थमन्त्रीले बिग्रेको अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने नेपाल उद्योग बाणिज्य संघ कि पूर्व अध्यक्ष भवानी राणा बताउछिन । ११ महिना देशको अर्थतन्त्रको जिम्मेवारी सम्हाले पनि अर्थतन्त्रमा १ खर्ब २१ अर्ब ५९ करोड रुपैयाँ घाटामा पु¥याएर डाक्टर रामशरण महत बाहिरिएकाले नयाँ अर्थमन्त्रीले चुनौती खेप्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया