दाहाल नेतृत्वको सरकारमा सहभागी हुन एमालेको दलहरुलाई आग्रह

काठमाडौं । बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तिब्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ । नयाँ सत्ता समिकरण मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास एमालेको छ । 
एमालेले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसावले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पु¥याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रुपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णयपनि भएको छ । एमालेको वार्षिक क्यालेण्डरमा नेकपा स्थापना दिवस विशेष समारोहकाबीच मनाउने तय गरेको थियो ।। 
 

प्रतिक्रिया