एमाले उपाध्यक्ष पौडेलको टिप्प्णी: 'सत्ताबाट हटेपछि कांग्रेस गहिरो पीडामा डुब्यो'

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले  नयाँ सत्ता गठबन्धन कुनै लेनदेन र स्वार्थको गठबन्धन नभएको दाबी गरेका छन । प्रतिनिधि सभाको बैठकलाई आज  सम्बोधन गर्दै उनले संविधानसम्मत सहयात्रा आफूहरुले गरेको उल्लेख गर्दै अब यो गठबन्धन दुर्घटनामा नपर्ने दाबी गरे । उपाध्यक्ष पौडेलले गठबन्धन नेपाली कांग्रेससँग मात्रै गर्न मिल्छ भनेर संविधानमा नेलिखएको भन्दै प्रश्न समेत गरे ।
उपाध्यक्ष पौडेलले नेपालको संविधानले दलहरूबीच गठबन्धनलाई स्वाभाविक मानेको उनले उल्लेख गरे । सत्ताबाट हटेपछि कांग्रेस गहिरो पीडामा डुबेको र चोट लागेको टिप्पणी उनको थियो ।  सत्ताबाट मुक्त भएको छटपटीले कहीँ पनि नपु¥याउने भएकाले धैर्यता राख्न उनको आग्रह थियो । प्रधानमन्त्रीको पद अहिले चर्चा गरिएजस्तो घर–घरमा पुगेर बाँड्ने सस्तो पद नभएको टिप्पणी समेत उपाध्यक्ष पौडेलको थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले मुख्य आर्थिक चुनौती रहँदा नागरिकमा वितृष्णा रहेकाले यो गठबन्धन सरकारले नागरिकमा उत्साह पैदा गर्ने गरी काम गर्ने पनि बताए । गठबन्धन एकताबद्ध हुने भन्दै प्रधानमन्त्री दाहाललाई ढुक्क भएर काम गर्न पनि उनले आग्रह गरे । 

प्रतिक्रिया