प्रधानमन्त्री दाहालले राजनीतिक बेइमानी गरेको कांग्रेसको निष्कर्ष

नेपाली काँग्रेसले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेको कारणहरु काल्पनिक, कपोकल्पित र तथाकथित रहेको कांग्रेसको निस्कर्ष छ । 
प्रधानमन्त्री दाहालले काँग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गर्नुभएको जिकिर काँग्रेसको छ । काँग्रेसले अब संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ । पार्टीले संघीय संसदमा रहेका नेपाली काँग्रेसका सम्पूर्ण सदस्यहरुलाई संसदमा देश र जनताका हीतमा प्रभावकारी रुपले प्रश्तुत हुन र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ । बैठकमा पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाका बारेमा पनि छलफल भएको थियो । 
 

प्रतिक्रिया