माओवादी बिद्रोहलाई हिंसात्मक द्वन्द्व भनेर चित्रण गरेकाले गठबन्धनमा समस्यामा पर्यो:  देवेन्द्र पौडेल

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले अभिव्यक्त गर्नुभएको उथलपुथल शब्दलाई लिएर आतंकित हुन आवश्यक नरहेको बताएका छन । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोईरालाले दिएको जिम्मेवारी आजका दिनमा प्रधानमन्त्री दाहालले प्रयोग गरिरहेको दाबी गरेका हुन । माओवादी केन्द्रका सचिव समेत रहेका पौडेलले शान्ति प्रक्रियामै प्रश्न उठाउने गरी माओवादी बिद्रोहलाई हिंसात्मक द्वन्द्व भनेर चित्रण गरेका कारण गठबन्धनमा समस्या आएको बताए । 
सांसद पौडेलले उथलपुथल सक्नेले गर्ने जवाफ काँग्रेसलाई जवाफ दिए । काँग्रेसले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले उथलपुथल शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाएका थिए । केही दिनअघि प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा आफू बाचुन्जेल उथलपुथल भइरहने अभिव्यक्ति दिएका थिए । सांसद पौडेलले एजेण्डा र विषयमा मिल्नेहरुसँग मिल्दै जाने बताए । 
 

प्रतिक्रिया