मन्त्रीहरुको काँधमा दोष थुपारेर आफ्नो कमजोरी नढाक्न प्रधानमन्त्रीलाइ काँग्रेस सचेतक लेखककाे आग्रह

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाले राजनीतिक इमान गुमाएको आरोप लगाएका छन।  आज प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताएका हुन । प्रमुख सचेतक लेखकले सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा काँग्रेसले लिनुपर्ने ? हो भन्दै प्रश्नसमेत गरे । 
प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायको विधेयक काँग्रेसका कारण नरोकिएको पनि स्पष्ट पारे । काँग्रेस जस्तौ धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा माओवादी केन्द्र के होला भन्ने हेक्का राख्न चेतावनी समेत उनले दिए । १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उनले यही अनुपातमा ५ वर्षमा १३ पटक सत्तँ गठबन्धन फेरिने आशंक प्रकट गरे । प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धताहरुमा माथि कुठाराघात गरेको आरोपपनि कांग्रेसले लगाएको छ । केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न प्रमुख सचेतक लेखकले आग्रह गरे । पार्टीले आधिकारिक रुपमा निर्णय नै नगरेको विषयलाई लिएर राजनीतिक घटना गराउनु काँग्रेसको कमजोरी नभएको उनको भनाइ छ ।

प्रतिक्रिया