कांग्रेसलाई प्रचण्डको जवाफ : आफूसँग हुँदा इमान, अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् ।
कांग्रेसले बिहीबार नै संसदीय दल बैठक गरेर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको थियो। कांग्रेससँग सहकार्य तोडिएको विषयमा प्रसंग उल्लेख गर्दै उक्त निर्णयसहितको समाचार आफूले पढेको प्रधानमन्त्री दाहालले बताए।

‘मैले कांग्रेसका नेताहरूलाई धन्यवाद पनि दिएको छु, आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन। यो राजनीतिक परिस्थिति र मुद्दामा निर्भर रहने कुरा हो।’

उनले राजनीतिमा केही आशंका भएपछि अहिलेको अवस्था आइपरेको बताएका थिए। गत सोमबार उनले कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए। 

 


 

प्रतिक्रिया