एमालेले बाम एकता गर्ने कुरालाई हतारोको विषय बनाएको छैनः ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालले नयाँ सत्ता समिकरणलाई वामपन्थी एकताको शुरुवातको रुपमा चित्रण गरिरहेका बेला उनले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताएका हुन । उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए । 
उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त समेत प्रश्तुत गरे । अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकता लगायतका विषयमा कुनैपनि छलफल नभएको उनको भनाइ छ । उपमहासचिव ज्ञवालीले एमालेले बामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको पनि दोहो¥याए । 

प्रतिक्रिया