सुदूरपश्चिममा एकीकृत समाजवादीका मन्त्री पनि बर्खास्त, सरकार अल्पमतमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्री नरेशकुमार शाहीलाई हटाएका छन् । शाही कांग्रेस नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री थिए । मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका झपट साउद, रमेश धामी र गीता माललाई उनले हटाएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि अब कांग्रेस नेतृत्वको सुदुरपश्चिम सरकार अल्पमतमा परेको छ । यसअघिकै सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले सरकारको साथ छाडेको त छैन तर कांग्रेस र नागरिक उन्मुक्ति पार्टी मात्रले सरकारलाई बहुमत नपुग्ने अवस्था छ । कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात सांसद छन् । सरकारको बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । 

प्रतिक्रिया