प्रतिनिधिसभामा शीर्ष नेताले सम्बोधन गर्ने, दाहाल, ओली र देउवाले बोल्ने कार्यसूचि

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । केही बेरमा सुरु हुने बैठकमा प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यसूची छ । सत्ता समीकरण फेरिएपछि संघीय संसदको पहिलो बैठक बस्न लागेको हो । बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषद हेरफेरको पत्र पढेर सुनाउने कार्यसूची छ । सत्तापक्षमा रहेको नेपाली कांग्रेस सत्ता समिकरण बदलिएसँगै प्रतिपक्षमा पुगेको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल दाहालले लोकसेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको छ । 
 

प्रतिक्रिया