नयाँ गठबन्धनको सरकारमा कुन पार्टीबाट को भए मन्त्री(सूची)

सत्ता साझेदार दलहरुले नयाँ गठबन्धनमा मन्त्रालय बाँडफाट लगभग टुग्याएको  छ । आजै साँझसम्म सरकार विस्तार गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहालको छ । सरकारमा सहभागी थप मन्त्रीहरुको शपथ साँझ पाँच बजेपछि हुने बताइएको छ । नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाबाट सहभागी गराउँदै प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । पाँच दलीय गठबन्धनले नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जसपा र एकीकृत समाजवादीलाई २–२ मन्त्रालय दिने सहमति भएको छ । जसपाले भने अझै मन्त्रीहरुको नाम तय गर्न सकेको छैन । 

कुन पार्टीबाट को भए मन्त्री :

नेकपा एमाले

 
१। रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२। बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी 

३। पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४। राजेन्द्रकुमार राई, मन्त्री खानेपानी 

५। भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६। दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७। ज्वालाकुमारी साह, कृषि मन्त्री

८।  हरि उप्रेती, रक्षा मन्त्री  

नेकपा (माओवादी केन्द्र)

१। नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२। वर्षमान पुन, अर्थमन्त्री

३। शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४। हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री 

५।रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी

१। रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

२। बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

३। सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री 

४। डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

एकीकृत समाजवादी

१। भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

२।धनबहादुर बुढा, शहरी विकास मन्त्री

प्रतिक्रिया