हाम्रो आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झनझन आफूहरुका लागि अनुकुल बन्दै गएको बताएका हुन् । अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै अध्यक्ष लिङदेनले राप्रपा व्यवस्था परिवर्तन मुल मुद्दामा अघि बढने बताए । 
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्ने कुरा जनतालाई लागेको पनि बताए । उनले राप्रपाले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको दाबी समेत गरे ।

प्रतिक्रिया