माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ’: काँग्रेस

नेपाली कांग्रसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । आज नेपाल निवास कोटेश्वरमा पुगेका काँग्रेस सभापति देउवा र  अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । भेटपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले नयाँ गठबन्धन निर्माणपछिको परिस्थितीवारे नेपालसँग कुराकानी भएको जानकारी दिए । 
छलफल सकारात्मक रहेको भन्दै प्रमुख सचेतक लेखकले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए । पछिल्लो राजनीतिक घटनाक्रमबारे कांग्रेसले सबै राजनीतिक दलसँग छलफल गरिरहेको छ । आज विहान मात्रै कांग्रेस सभापति देउवा र एमाले उपाध्यक्ष विष्णु पौडेलबीच पनि कुराकानी भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेपछि बैकल्पिक गठबन्धन बनाउने प्रयासमा कांग्रेस लागेको छ । 
 

प्रतिक्रिया