लुम्बिनीका मुख्यमन्त्रीद्वारा माओवादीका २ मन्त्रीलाई बर्खास्त

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्  । नेकपा माओबादी केन्द्रबाट मन्त्री भएका धनबहादुर मास्की र कृष्णा केसीलाई मुख्यमन्त्री चौधरीले आज पदबाट बर्खास्त गरेका हुन । मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए । मन्त्री बर्खास्त गरेसँगै माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । वैशाख १४ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ ।लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४–४ सांसद छन । त्यस्तै  जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद रहेका छन । 
 

प्रतिक्रिया