एमाले नेताहरुले इगो त्यागे एकीकरण नै संभव छ: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताएका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको उल्लेख गरे । 
नेता खनालले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने बताए । तर एकता अंकमाल गरेर, रमाईलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने उनको भनाइ थियो । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया शुरु हुने पनि स्पष्ट पारे । कम्युनिष्टहरु बीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरुले आ–आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि उनले औल्याए । 

प्रतिक्रिया