वार्ता टोली संयोजक सहित १३ जना मिटरब्याज पीडितहरु पक्राउ

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह सहित  ४ महिला र ९ जना पुरुषलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो ।  कुशवाह मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । 
मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ ।

प्रतिक्रिया