नयाँ सत्ता गठबन्धन बन्नु सुखद्: वामदेव गौतम

पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको भन्दै गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्ने बताएका हुन् । उनले अहिलेको नयाँ गठबन्धन टिकाउनका लागि एमालेका अध्यक्ष केपी ओलीले आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता देखाउनु नहुने पनि उल्लेख गरे । नेता गौतमले ओलीको व्यवहारमा सुधार नगरे प्रधानमन्त्री दाहालले पुनः काँग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि बताए । उनले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभइ ओली नै रहेको दाबी समेत गरे । 
नेता गौतमले कम्युनिष्टहरुलाई कम्युनिष्ट नै भएर अघि बढ्न सुझाव समेत दिए । उनले काँग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभइ आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको बताए ।
 

प्रतिक्रिया