सत्ता सञ्चालन लगायतका विषयमा नयाँ गठबन्धनबिच ८ बुँदे सहमति

नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता सञ्चालन लगायतका विषयमा ८ बुँदे सहमति भएको हो । सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने भएका छन् । सहमतिपछि माओवादी उपमहासचिव बर्षमान पुनले राष्ट्रिय आवश्यकता अनुसार जनचाहानाका काम गर्न गठबन्धन बनेको बताए । 
रास्वपाका उपसभापति डाक्टर स्वर्णीम वाग्लेले प्रधानमन्त्री दाहाल निर्णायक सम्बोधनका लागि तयार भएकाले आफुहरु सरकारमा सहभागी भएको बताए । 
त्यस्तै जनता समाजवादी पार्टीका नेता गठबन्धनका दलहरु मिलेर संयुक्त सरकारका रुपमा संक्रमणकालिन न्या, शान्ति प्रक्रियादेखि जनअपेक्षा अनुसारका काम गर्ने बताए । 
सहमतिपत्रमा सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने, मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने उल्लेख छ । यसैगरी साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ । 
 

प्रतिक्रिया